
काठमाडौं । प्यालेस्टिनी आतंकवादी लडाकू समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायलतर्फ प्रस्थान गरेका हुन् ।
‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन वि.सं. २०८० असोज २० गतेदेखि हमासको नियन्त्रणमा छन् । हमासद्वारा कब्जा गरिएका कैयौँ बन्दी रिहा भइसक्दा पनि विपिनको अवस्था अज्ञात छ ।
लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएकोछ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् ।
विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्याएर दबाब बढाउने भन्दै विपिनकी आमा र बहिनी इजरायल जान लागेका हुन् ।