काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस सोमबार बिहान ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा २ जना पुरुष, १ जना महिलाको मृत्यु भएको र १६ जना घाइते भएका प्रहरीले जनाएको छ । मृतकहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।
घाइते विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता खतिवडाले बताए ।
उनका अनुसार बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।