उपकुलपति नियुक्तीको बिरोधमा अखिल क्रान्तिकारीद्वारा त्रिविमा तोडफोड

दियोपोस्ट संवाददाता  

काठमाडौँ । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेका छन् । उपकुलपति नियुक्तीको विषयलाई लिएर २० दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरुले रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरेर सिसाहरु फुटाएका हुन् ।

अखिल क्रान्तिकारीका बिद्यार्थीहरुले सोमबार रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षति पुर्‍याएको एक कर्मचारीले बताए ।

अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले उपकुलपति दीपक अर्यालको बर्खास्तीसहित केन्द्रीय विभागमा समायोजन भएका ४ वटा विभागहरुको शुल्क घटाउन माग गर्दै आएका छन् ।

बिद्यार्थीहरुले उपकुलपति अर्यालसहित सहित, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । बिदार्थीहरुले कार्यकक्षको ढोकामा धर्ना दिई अवरोध पुर्याएपछि उपकुलपति अर्याल कार्यालय आउन छाडेका छन् ।

 

सिफारिस