राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले दिए राजीनामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै खतिवडाले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

खतिवडाले निजामती विधेयकमा उल्लेख कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा भएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएको बताएका छन् । खतिवडाले विधेयकको प्रतिवेदनमा हस्ताक्षर गरेकाले जिम्मेवारी बोध गर्दै राजीनामा दिएको प्रष्ट पारे ।

कांग्रेसकै सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो। कांग्रेसका शीर्ष नेतृत्वले पनि सभापति खतिवडालाई राजीनामा गर्न आग्रह गरेको बताइएको छ।

उक्त विधेयकको कुलिङ पिरियडसम्बन्धी प्रावधानमा छेडखानी भएको थियो। कुलिङ अफ पिरियडमा दुई वर्षे प्रावधान राख्ने समितिमा सहमति भए पनि संसदमा पेस भएको विधेयकमा उक्त प्रावधान उल्लेख नभएपछि विवाद उत्पन्न भएको थियो।

 

सिफारिस