धरौटीमा रिहा भएलगत्तै चक्रे मिलन भक्तपुर प्रहरीकहाँ

दियोपोस्ट संवाददाता  

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनलाई काठमाडौंबाट धरौटीमा छुटेलगत्तै भक्तपुर प्रहरीकहाँ लगिदैछ । ३० हजार रूपैयाँ धरौटीमा छुटेलगत्तै उनलाई भक्तपुर लैजान लागिएको हो ।

चक्रे मिलनलाई २०८१ भदौ ४ मा भएको एक कुटपिटसम्बन्धी घटनाको अनुसन्धानको सिलसिलामा भक्तपुर लैजान लागिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार गत वर्ष भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले भक्तपुरका मनिश रायमाझीलाई सांघातिक हमला गरेको थियो ।

सो घटनाको जाहेरीमा प्रतिवादीका रूपमा चक्रे मिलनकै नाम उल्लेख भएका कारण उनलाई भक्तपुर लैजान लागिएको एसपी चन्दले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलनसँगै अभद्र मुद्दा दायर गरिएका अन्य १८ जनालाई पनि धरौटीमा छाडिएको छ ।