जबरजस्ती करणी गरेको अभियोगमा ४६ वर्षीय ब्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

कैलाली । जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका ३ कुचैनी शिविर बस्ने ४६ वर्षीय लोकेश सुर्जा मगरलाई प्रहरीले पक्राउ गरेको छ । सोही स्थानकी १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बुधबार साँझ उनी पक्राउ परेका हुन् ।

मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सिफारिस