
काठमाडौं । मनोहरा किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलेको छ । बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले शुक्रबार डोजर चलाएको हो ।
आफ्नो बस्तीमा डोजर चलेपछि आक्रोशित भएका स्थानीयले काठमाडौं नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि ढुंगामुढा प्रहार गरेका छन् । उनीहरुले महानगरको डोजरमा पनि ढुङ्गामुढा प्रहार गरि तोफोड गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले गत साउन ८ गते गोरखापत्रमा सूचना जारी गरी व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो ।
महानगरले दिएको समयअवधिमा संरचना नहटाएको र अरु नयाँ संरचना बनेको भन्दै महानगरले डोजर चलाएको थियो ।