काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको आजको बैठक स्थगित भएको छ । समितिमा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको हो ।
समितिमा २६ जना सदस्य रहेकोमा जम्मा १२ जना सांसद मात्रै उपस्थित थिए । गणपूरक सङ्ख्या नपुगेपछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको समितिका सचिव एकराम गिरीले जानकारी दिए ।
प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८२ अनुसार समितिको गणपूरक सङ्ख्या तत्काल कायम रहेको सदस्य सङ्ख्याको ५१ प्रतिशत हुने व्यवस्था रहेको छ ।