बागमती प्रदेश सरकारमा थपिए ५ मन्त्री, आजै लिए पद तथा गोपनीयताको शपथ

दियोपोस्ट संवाददाता  

नेपाली कांग्रसबाट ५ मन्त्री नियुक्तीसंगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

यससंगै आजै नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराए ।

यि हुन् बागमती प्रदेश सरकारका नवयुक्त ५ मन्त्रीहरु:

१. उर्मिला नेपाल युवा तथा खेलकुद मन्त्री,
२. कन्चनचन्द्र वादे सामाजिक विकास मन्त्री,
३. सुरेश श्रेष्ठ संस्कृति तथा पर्यटन मन्त्री,
४. विनु रायमाझी सहकारी तथा गरिबी निवारण मन्त्री
५. प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्री रहेका छन् ।

मुख्यमन्त्री बानियाँले बनाएको मन्त्री परिषद १४ सदस्यीय रहेको छ ।

सिफारिस