कुवेतमा बिषाक्त मदिरा सेवन गरेका ९ नेपालीसहित २३ को मृत्यु, १६० जना बिरामी

दियोपोस्ट संवाददाता

काठमाडौँ । कुवेतमा विषाक्त मदिरा (मिथेनल-प्रदूषित) सेवनबाट ९ नेपालीसहित २३ जनाको मृत्यु भएको छ । मदिराका कारण १६० जना बिरामी भएका छन् ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयका अनुसार बिरामी १६० जनाको अस्पतालमा उपचार भइरहेको छ । धेरै मानिसहरूलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिषाक्त मदिराका कारण ५१ जनाको किड्नीमा समस्या भइ डायलाइसिस गरिएको बताइएको छ । त्यस्तै करिब २१ जनाले दृष्टि गुमाएको स्वास्थ्य मन्त्रायलले जनाएको छ ।

कुवेतस्थित नेपाली दूतावासले मृतक नेपालीहरूको विवरण र मृत्युको कारण पुष्टि गर्न मेडिकल रिपोर्टको प्रतिक्षा गरिएको बताएको छ ।

कुवेतमा मदिरा पूर्णरूपमा अवैध भए तापनि अनधिकृत रूपमा उत्पादन र वितरण भइरहेको अनुमान गरिएको छ ।