भारतीय विदेश सचिव काठमाडौंमा, यस्तो छ कार्यसुची !

दियोपोस्ट संवाददाता

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन उनी आइतबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौँ आएका हुन् ।

बिदेश सचिव मिश्रीले आज बिहान १०ः३० बजे प्रधानमन्त्री ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ ।

राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट्ने कार्यक्रम रहेको जनाएको छ।

त्यसपछि बिदेश सचिव मिश्रीले आजै नेपालस्थित परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । सचिव स्तरीय वार्ता सकेपछि सचिव मिस्रीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

उच्च स्तरीय राजनीतिक भेटवार्ता सकिएपछि आजै परराष्ट्र सचिव राईले भारतीय विदेश सचिव मिस्रीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने बताइएको छ।

भदौ २ गते सचिव मिश्रीले पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

सम्बन्धित खबर