पत्रकारमाथि आक्रमणको बिरोधमा मधेश प्रदेशका पत्रकार आन्दोलित

दियोपोस्ट संवाददाता

जनकपुरधाम । नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारी रवकिलहरुले पत्रकारमाथि आक्रमण गरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् । आक्रमणको बिरोध गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना दिएको हो ।

नेपाल पत्रकार महासंघ, मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराका अनुसार गुठी संस्थानबाट कानुनी प्रक्रियाबाट प्राप्त गरेको चार कठ्ठा जग्गा संरक्षणको क्रममा नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरुले गत साउन २७ गते पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।

सो क्रममा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकारहरु दिवाकर राय, अनिल निराला घाइते भएका थिए ।

घटनामा घाइते भएका महासंघका जिल्ला अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायत सम्पूर्ण पत्रकारको निशुल्क उपचारको मागसहित घटनामा संलग्न पाँचजना वकिलहरू विरुद्ध साउन २८ गते नै जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको प्रदेश अध्यक्ष बञ्जाराले बताए ।

तर, हालसम्म प्रहरीले दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि नबढाएका कारण पत्रकार महासंघ आन्दोलनमा उत्रिन बाध्य भएको उनले जानकारी दिए ।

काठमाडौं त्रिपुरेश्वरस्थित गुठी संस्थानको प्रधान कार्यालयसँग साउन १९ गते गरिएको कानूनी सम्झौता अनुसार नेपाल पत्रकार महासंघ मधेश प्रदेशले चार कठ्ठा जग्गा २० वर्षका लागि लिजमा पाएको थियो ।

महासंघले उक्त जग्गामा भवन निर्माणको उद्देश्यले तारघेरा गरी सुरक्षाको काम अघि बढाइरहेका बेला धनुषा बार एसोसिएसन नेतृत्वको कानून व्यवसायी समूहले अवरोध गर्दै पत्रकारमाथि