
काठमाडौँ । राजेन्द्र बहादुर गोर्खाली भनेर चिनिने गुण्डा नाइके राजु गोर्खाली १० करोड बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका छन् । गोर्खाली आइतबार चन्द्रागिरी स्थित चोभारबाट पक्राउ परेका हुन् ।
टिकाराम तिवारीले आफुलाई दिएको १० करोडको चेक बाउन्स भएको भन्दै गोर्खालीविरुद्ध जोहरी दिएका थिए । सोही जाहेरीका आधारमा चेक बाउन्स सम्वन्धि मुद्धामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले गोर्खालीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
५५ वर्षीय गोर्खाली विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।