काठमाडौँ । गोंगबुस्थित एक लजमा श्रीमतीको हत्या गरी भारत भाग्न लागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गोंगबुस्थित कञ्चन कोशी होटल एण्ड लजको २०१ नम्बरको कोठामा श्रमतिको हत्या गरि भाग्दै गरेको अवस्थामा सन्तोष सेन्चुरीलाई वीरगञ्जबाट नियन्त्रणमा लिइएको हो।
लजमा मृत अवस्थामा फेला परेकी २७ वर्षीया ललिता बिकलाई उनकै श्रीमानले हत्या गरेको अनुससन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ । नुवाकोट घर भई बुढानीलकण्ठ बस्दै आएकी ललितालाई साउन २७ मा उनका श्रीमान् सन्तोषले उक्त लजमा लगेर हत्या गरी फरार भएका थिए ।
साउन २८ मा ललिता हराएको भन्दै उनका माइतीपक्ष प्रहरी वृत्त महाराजगञ्जमा पुगे का थिए । त्यसलगत्तै साउन ३० मा उनी होटलको बेडभित्र लुकाईएको अवस्थामा मृत भेटिएकी थिइन् । लजको कोठाबाट गन्ध आएपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
लजको कोठामा बेडभित्र भेटिएको शव ललिताको भएको प्रहरीको अनुसन्धानबाट पुष्टी भएको थियो । मृतकको शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
सन्तोषले ललितासँग २ वर्षअघि विवाह गरेका थिए । पछिल्लो समय उनीहरू बीच सम्बन्ध राम्रो थिएन । सन्तोषको परस्त्रीसँग प्रेम सम्बन्धमा रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिलाई काठमाडौं ल्याई थप अनुसन्धान भइरहेको छ। हत्याको कारण पारिवारिक विवाद रहेको अनुमान गरिएको छ।