शारीरिक सुगठन टोली थाइल्यान्ड प्रस्थान

दियोपोस्ट संवाददाता

काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।

आजदेखि देखि भदौ ९ गतेसम्म हुने प्रतियोगिताका लागि आइतबार बैंकक प्रस्थान गरेको हो । प्रतियोगिताका लागि पुरुष ८५ केजीमा ग्रेस महर्जन तथा महिला एथलेटिक फिजिकमा उर्मिला श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

अफिसियलमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, निर्णायकमा प्रतापकाजी बरिया तथा सहयोगीमा प्रदीप अमात्य र सुनभ सुवेदी रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

 

सिफारिस