भारतीय विदेश सचिव मिश्रीद्वारा नेपाली सेनालाई ६ स्ट्राइकिङ भेइकल, सैनिक कुकुर र घोडा हस्तान्तरण

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् । दुईदिने नेपाल भ्रमाणका क्रममा सोमबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उक्त उपहार दिएका हुन् ।

जंगीअड्डा स्रोतका अनुसार विदेश सचिव मिश्रीले नेपाली सेनालाई ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर र ६ वटा सैनिक घोडा समेत हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार काठमाडौं आएका मिश्रीले नेपाली सेनालाई केही स्वास्थ्य सामग्रीहरु समेत हस्तान्तरण गरेको बताइएको छ ।

मिश्री आजै दिउँसो साढे २ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

सिफारिस