
काठमाडौँ । पेट्रोलियम पदार्थ बोकेर बाराको अमलेखगन्जबाट काठमाडौं आउँदै गरेको ट्याङ्करमा आगो लागेको छ । सोमबार बिहान १०ः२० बजे धादिङको खानीखोलामा ना ७ ख ३७७४ नम्बरको ट्याङ्करमा आगो लागेको हो ।
ट्याङकरमा अचानक इन्जिनको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आगो लाग्नासाथ स्थानीय प्रहरी र दमकल द्वारा आगो नियन्त्रणमा ल्याइएको थियो ।
उक्त ट्यांकरले २० हजार लिटर पेट्रोलियम पदार्थ बोकेको थियो।