विद्यालय शिक्षा विधेयक तत्काल ल्याउन १६ विद्यार्थी संगठनद्वारा सरकारलाई ध्यानाकर्षण

दियोपोस्ट संवाददाता

काठमाडौं । विद्यालय शिक्षा विधेयक तत्काल ल्याउनु पर्ने माग गर्दै १६ विद्यार्थी संगठनहरूले संसदीय समितिसमक्ष ५ बुँदे माग पत्र पेश गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति अमरबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सरकारले अन्दोलनरत शिक्षकहरूसँग असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक ल्याउने सहमति गरेको भएता पनि अहिलेसम्म ऐन जारी नगरेको भन्दै तत्काल ऐन जारी गर्न विद्यार्थीहरुले माग गरेका माग गरेका छन् ।

सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरूले भदौ दोस्रो सातादेखि फेरि आन्दोलनको घोषणा गरेपछि विद्यार्थी सङ्गठनहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सम्बन्धित खबर

सिफारिस