काठमाडौँ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन कांग्रेस र एमाले सांसदले हस्ताक्षर संकलन गरिरहेका छन् । सांसद्हरुको हस्ताक्षर संकलन गर्न सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा आव्हान गरिएको बैठममा संसदहरु आउने क्रम जारी छ ।
उपसभामुख इन्दिरा रानामगर अहिले अमेरिका भ्रमणमा छन् । साउन ३० गते भ्रमण सुरु गरेकी उनी भदौ १३ मा स्वदेश फर्किने कार्यक्रम छ । तर, उनी स्वदेश फर्किनु अगावै उनलाई उपसभामुख पदबाट हटाउन लागिएको हो ।
उपसभामुख रानामाथि अमेरिकी सम्मेलनमा लैजानका लागितयार गरेको पत्रमा पाँच जना असम्बन्धित व्यक्तिहरूको नाम उल्लेख गरेको भन्दै ‘पदीय दुरुपयोग’को आरोप लागेको छ। यही विषयमा कांग्रेस र एमालेले ‘उचित आचरण नगरेको’ भन्दै उनलाई हटाउन प्रस्ताव अगाडि बढाउन लागेका हुन् ।
नेपालको संविधान २०७२ को धारा ९१ (६) (ग) अनुसार, उपसभामुखले “पद–अनुकूल आचरण नगरे” भन्ने प्रस्ताव प्रतिनिधि सभाका सबै सदस्यहरूमा दुई तिहाइ बहुमतले पारित गरेमा पद रिक्त हुन सक्ने ब्यवस्था छ ।
प्रतिनिधि सभामा सत्ता गठबन्धन भित्रका कांग्रेसका ८८ र एमालेका ७९ गरि जम्मा १६७ सांसद छन् । दुई तिहाइ बहुमत का लागि १८४ भन्दा बढी संख्या जुटाउन साना दलको समर्थन आवश्यक पर्ने देखिन्छ ।