सर्वोच्चको आदेश बिरुद्ध ‘समाजवादी विद्यार्थी युनियन’द्वारा बिरोध प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बिद्यार्थी संगठन ‘समाजवादी विद्यार्थी युनियन’ले गौर घटनाको सन्दर्भमा सर्वोच्च अदालतको आदेश पूर्वग्रही भएको भन्दै त्यसको बिरोध गरेको छ । १९ वर्ष पुरानो राजनीतिक घटनाको विषयलाई लिएर सरकारले प्रतिशोध साँधेको भन्दै बिद्यार्थीहरुले बिरोध गरेका हुन् ।

बिद्यार्थीहरुले जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिशोध साँधेको आरोप लगाएका छन् । यसकै बिरोधमा युनियनले मंगलबार दिउँसो ४ बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभा आयोजना गर्दैछ ।

कोणसभामा पार्टीका विद्यार्थी, युवा, महिला, मुश्लिम, थारु, आदिवासी जनजाति लगायतका समुदायको सहभागिता हुने बताइएको छ ।

सिफारिस