‘नाडा अटो शो-२०२५’मा उड्ने कारको ऐतिहासिक प्रदर्शन

दियोपोस्ट संवाददाता  

काठमाडौँ । कुटीमण्डपमा आजदेखि सुरु भएको ‘नाडा अटो शो-२०२५’मा उड्ने कार प्रदर्शनमा राखिएको छ । चिनियाँ अटोमोबाइल कम्पनी चांगानले निर्माण गरेको उड्ने कार नेपालको इतिहाँसमा पहिलो पटक भित्र्याइएको हो ।

उक्त कार हेर्न भृकुटी मण्डपमा दर्शकको भिड लागेको छ । उड्ने कार नाडा शोको आकर्षण बनेको बताइएको छ । अत्याधुनिक प्रविधियुक्त यो कार एमएडब्लू वृद्धि अटोकर्प कम्पनीले नेपाल ल्याएको हो।

एमएडब्लूले चांगानकै लोकप्रिय उत्पादन ‘दिपल’ ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको छ। ‘दिपल एस–०५’ हालै सार्वजनिक गरिएको थियो।  बिजुलीबाट चल्ने र आफै उडान भर्ने क्षमता भएको यो कार इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङु (इ–भिटिओएल) हो।

उडान भर्न धावन मार्ग नचाहिँने हुँदा यसले हेलिकप्टरझैं जमिनबाट ९० डिग्रीमा सिधै माथि उडान भर्न क्षमता राख्छ र त्यसरी नै सिधै तल अवतरण गर्न सक्छ ।

यसका विभिन्न मोडल निर्माण गरिएका छन्। तीमध्ये नेपाल ल्याइएको मोडल ‘इएच२१६–एस’ हो। सहरभित्र छोटो दुरीको उडान र आपतकालीन सेवाका लागि यो उड्ने ट्याक्सीलाई उपयुक्त विकल्प मानिएको छ।

नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म चल्ने बताइएको छ ।

सिफारिस