जसपा नेपाल निकट विद्यार्थी सङ्गठनद्वारा माइतीघरमा विरोध प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट बिद्यार्थी संगठन ‘समाजवादी विद्यार्थी युनियन’ले गौर घटनाको सन्दर्भमा सर्वोच्च अदालतको आदेशका बिरुद्धमा प्रदर्शन गरेका छन् । रौतहटको गौर हत्याकाण्डका बारेमा सर्वोच्च अदालतको आदेशविरुद्ध मंगलबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

गौर घटनाको बिषयमा सरकार पूर्वग्रही भएको भन्दै त्यसको बिरोध गरिएको हो । १९ वर्ष अघिको राजनीतिक घटनाको विषयलाई लिएर सरकारले प्रतिशोध साँधेको भन्दै बिद्यार्थीहरुले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिद्यार्थीहरुले जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिशोध साँधेको आरोप लगाएका छन् । यसकै बिरोधमा युनियनले मंगलबार दिउँसो ४ बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन तथा कोणसभा आयोजना गरिएको थियो ।