‘नाडा अटो शो’मा विशेष लन्च : ३७ लाख ९९ हजार मुल्य पर्ने नयाँ ‘नामी भिगो’ सार्वजनिक

दियोपोस्ट संवाददाता  

काठमाडौं । नामीले नाडा अटो शो २०२५मा बहुप्रतीक्षित नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ । नामी ०१ को सफलतापछि आएको यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रिमियम सुविधाहरू, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनका साथ यस सेगमेन्टलाई पुनः परिभाषित गर्न तयार छ।

नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम समिश्रणका साथ आधुनिक शहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ। यो इ टु र इ टु प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ, जस मध्ये प्रत्येकलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको छ।

नामीभिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथ मा आउँछ जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको छ। यसमा मौलिक “हेभन एण्ड अर्थ” टेलगेटका साथै तपाईंको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरीसीट समावेश छ।

डुअर प्यानलमा म्युजिक सिंक गरिएको एम्बियन्टलाइ टिङछ, जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ। चार्जिङको लागि यसले थ्री सि फास्टचार्जिङ (१६७ डिसी) सपोर्ट गर्छ । जसले ३० देखि ८० प्रतिशत चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउँछ।

हरेकयात्रालाई रमाइलो बनाउन र आउट डुअर फनकालागि यसमा एक्सटेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ।

त्यस्तै, नामी०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेगमेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ।यसमा लेभल टु एडिएएस वायरलेस चार्जिङ, वाईफाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेडर भेन्टिलेटेड सिट छ।कारले तपाईंलाई वेलकम साउण्डले स्वागत गर्छ र आर १८ टायर, अटोमेटिकहाईरलोबीमहेड लाइटर हेडलाइटडिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ।

यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ, जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोडहरू र कार तथा मोबाइल संचालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन्। अडाप्टि भक्रु जकन्ट्रोलर ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेसहरू सहित नामी भिगो स्मार्ट, सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो।

नामीभिगोको डिजाइन आकर्षक छ, जसमा “म्याजिकक्युब” एक्सटेरियर, ‘टि’ आकारका एलईडी हेड लाइट, ट्राइएंगुलर पिक्सेलटेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन्। इन्टेरिय र पनि उत्कृष्ट छ, जसमा मिनिमलिस्टर स्मार्ट केबिन, १२.८इन्चको इन्फोटेनमेन्ट स्क्रिनर ८.८ इन्च डिजिटलइन्स्ट्रुमेन्ट प्यानल, लाई(फ्ल्याट सिटिङ, वायरलेस चार्जिंग, एउटा मुनरुफ इटु प्लस र एउटा ३६० डिग्री क्यामरा समावेश छन्।

नामीभिगो इ टु भेरियन्टको लन्च मूल्य ३८ लाख ९९ हजार रुपैँया र इ टु प्लस भेरियन्टको लागि ४१ लाख, ९९ हजार रुपैँया रहेको छ। नाडा अटो शो का लागि विशेष अफरमा, नामीले विशेष लन्च मूल्य प्रदान गरिरहेको छ।

शो को अवधिमा, नामीभिगो इ टु भेरियन्ट ३७ लाख ९९ हजार रुपैँयामा र इ टु प्लस भेरियन्ट ४० लाख ९९ हजार रुपैँयामा उपलब्ध हुनेछ।

नाडा अटो शो २०२५का आगन्तुकहरूलाई नामी भिगोको प्रत्यक्ष अनुभव गर्न र नेपालको विद्युतीय गतिशीलता क्रान्तिको अर्को कदमको साक्षी बन्न आमन्त्रण गरिएको छ।

सिफारिस