‘अमेरिका पठाइदिन्छु’ भन्दै करोडौँ रकम ठगी गर्ने रुकुमका शेरबहादुर वली पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । ‘अमेरिका पठाइदिन्छु’ भन्दै करोडौं रकम असुलेको आरोपमा रूकुम पश्चिमको सानोभेरी २ का शेर बहादुर वली पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई बुधबार तुलसीपुरबाट पक्राउ गरेको हो ।

रकम ठगी गरेको भन्दै पीडितले मानव तस्करीको उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुमति दिएको थियो । उनीविरूद्ध मानव तस्करीको मुद्दा दर्ता भएको छ ।

वलीले ‘अमेरिका पठाइदिन्छु’ भन्दै दर्जनौँ व्यक्तिमार्फत रकम असुल्ने गरेको र अमेरिका नपठाएपछि पैसा फिर्ता नदिई ठगी गरेको आरोप छ । सोही आरोप लागेका सानोभेरी ७ का शशीराम रावत भने फरार छन् । उनलाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।