काठमाडौँ । नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलका बिरुद्ध कानुन अध्ययनरत बिद्यार्थीहरुले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । चक्रवर्ती हवी एजुकेशन एकेडेमीका कानुन अध्ययनरत विद्यार्थीहरू अर्जुन शाह र राहुल साहले बुधबार सर्बोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
शिक्षक महासङ्घले आफ्ना माग पुरा नभएको भन्दै भदौ दोस्रो सातादेखि आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । शिक्षकहरुको आन्दोलनले विद्यार्थीहरूको पठनपाठन ठप्प हुने र बालबालिकाको पढ्ने अधिकार खोसिने भदै नेपाल सरकार शिक्षा मन्त्रालय र शिक्षक महासङ्घलाई विपक्षी बनाएर रिट दर्ता गरेका छन् ।