लक्ष्मी ग्रुपद्वारा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘लक्सपिरियन्स २०२५’ आयोजना हुने

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपालको अग्रणी व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा प्रदर्शनी ‘लक्सपिरियन्स २०२५’ आयोजना गर्ने भएको छ। बिहान ११ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म हुने प्रदर्शनीमा बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी हुने बताइएको छ ।

यस प्रदर्शनीमा Hyundai, BMW, Kaiyi र Forthing जस्ता ब्रान्डहरूको प्रर्दशनका लागि राखिएको छ । नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता रहने भएकाले यो प्रदर्शनी कार प्रेमीहरूका लागि अझै रोमाञ्चक बन्ने बताइएको छ ।

आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइने लक्ष्मी ग्रुपले जनाएको छ । यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि अवसर प्रदान गर्ने बताइएको छ ।

कार मात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्।

उक्त प्रदर्शनीमा नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरू समेत समेटिएको आयोजकले बताए ।