बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोदावरीबाट पक्राउ

दियोपोस्ट संवाददाता  

ललितपुर । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१३ बस्ने ५५ वर्षीय कृष्ण प्रसाद बजगाईलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी १३ झरूवारासीबाट मंगलबार पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरको २०८१ फागुन ६ गतेको फैसलाले बजगाईलाई बैंकिङ कसूर मुद्दामा १ करोड रूपैयाँ जरिवाना र १ महिना कैद सजाय ठहर गरेको थियो ।

उनी बिरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै फरार रहेको उनलाई गोदावरीमा लुकीछिपी बसिरहेको अवस्थामा प्रह्रीले पक्राउ गरेको थियो । उनी बिरुद्धको फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

सिफारिस