सर्पदंशको जोखिम नियन्त्रण गर्न ‘मेटलाइफ नेपाल’द्वारा ग्रामीण क्षेत्रमा सहयोग

दियोपोस्ट संवाददाता

झापा । मेटलाइफ नेपालले झापास्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग साझेदारी गरेको छ । यस क्षेत्रमा बढ्दो सर्पदंशको जोखिमलाई मध्यनजर गर्दै आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा सहयोगका लागि साझेदारी गरेको हो ।

बढ्दो तापक्रम र जिल्लाको कृषिमुखी जीवनशैलीका कारण विशेष गरी ग्रामीण क्षेत्रमा समुदायहरूको जोखिम अझ बढेको र नेपालमा सर्पदंश एक जनस्वास्थ्य समस्या भएको मेटलाईफ नेपालले जनाएको छ । सर्पदंशका कारण हरेक वर्ष सयौंको ज्यान जाने र झापा जस्ता जिल्लाहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित हुने गरेको मेटलाइफ नेपालले जनाएको छ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले सीमित जनचेतना, समयमै उपचार नपाउनु र पर्याप्त स्वास्थ्य सुविधा अभावका कारण सर्पदंशद्वारा धेरैजसा मानिसहरुको मृत्यु हुने गरेको बताउँदै दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न हुने भएकाले मेटलाइफ नेपालले सहयोग गरेको बताए ।

महाप्रबन्धक श्रेष्ठले मेटलाईफले समुदायमा सर्पदंशको रोकथाम र तात्कालिक प्रतिक्रिया सम्बन्धी ज्ञान बढाउदैँ झापाको मध्य भागका ग्रामीण बासिन्दालाई उपचार सुविधामा सजिलो पहुँच उपलब्ध गराउने र अन्ततः सर्पदंशका कारण हुने मृत्युको संख्या घटाउने प्रयत्न गरिरहेको जानकारी दिए ।

मेटलाइफले केन्द्रको प्रयासलाई समर्थन गर्दै, मेटलाइफ नेपालले जनचेतना अभिवृद्धि अभियानमा योगदान पुर्याउने, रोकथामका उपायहरूलाई प्रोत्साहन गर्ने, र समयमै जीवनरक्षक उपचारको पहल गर्ने लक्ष्य राखेको महाप्रबन्धक श्रेष्ठले बताए ।

‘सर्पदंश ग्रामीण नेपालमा गम्भीर तर प्रायः बेवास्ता गरिने सार्वजनिक स्वास्थ्य समस्या हो । कन्काई सहारा सर्पदंश उपचार केन्द्रसँग सहकार्य गरेर, हामी हाम्रो समुदायलाई सर्पदंशबाट बच्न आवश्यक ज्ञान मात्र नभई समयमा अत्यावश्यक उपचारमा पहुँच सुनिश्चित गर्न प्रतिबद्ध छौँ,’ उनले भने, ‘यो सबै नेपालीहरूको लागि सुरक्षित र स्वस्थ भविष्य निर्माण गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।’

मेटलाइफ नेपालको बारेमाः
MetLife, Inc. (NYSE: MET), वित्तीय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख वित्तीय सेवा प्रदायक कम्पनी हो ।

सन् १८६८ मा स्थापित भएको भतीषभ, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, एशिया, ल्याटिन अमेरिका, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ । थप जानकारी का लागि, कृपया को सहायक संस्था, संयुक्त राज्य अमेरिकामा संस्थापित अमेरिकन लाइफ इन्श्योरेन्स कम्पनीको शाखाको रुपमा ःभतीषभ सन् २००१ देखि नेपालमा संचालन भइरहेको छ ।

नेपालमा यसले आफ्ना व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामुहिक बीमा जस्ता बीमा योजनाहरु उपलब्ध गराउदै आइरहेको छ ।

कन्काई सहारा सर्पदंश उपचार केन्द्रको बारेमाः
झापाको कन्काई नगरपालिकामा अवस्थित कन्काई सहारा सर्पदंश उपचार केन्द्र सर्पदंशबाट  पीडितहरूलाई आपतकालीन हेरचाह प्रदान गर्न समर्पित समुदाय व्यवस्थित स्वास्थ्य सेवा सुविधा हो। २०१६ मा स्थापित, यो २४ घण्टा सञ्चालनमा छ र विशेषज्ञ परामर्श, आईसीयू हेरचाह, र
भेन्टिलेटर समर्थन सहित महत्वपूर्ण सेवाहरू प्रदान गर्दछ ।

यो केन्द्र झापा र नजिकैका जिल्लाहरूमा समुदायहरूको लागि जीवन रेखाको रूपमा काम गर्दछ, जहाँ कृषि क्षेत्रको जीवनशैली र हावापानीका कारण सर्पदंश गम्भीर स्वास्थ्य जोखिम रहेको छ । उपचारको अतिरिक्त, यसले रोकथाम  र समयमै प्रतिक्रियाको बारेमा जागरूकता जगाउने काम गर्दछ, जसले नेपालको सबैभन्दा सर्पदंश-प्रवण क्षेत्रहरू मध्येमा जीवन बचाउन मद्दत गर्दछ ।