भारत र चीनबीचको व्यापार सम्झैताका बिरुद्ध दूतावास अगाडि विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौँ । भारत र चीनबीच व्यापार गर्ने सहमति भएपछि नेपालमा बिरोध सुरु भएको छ । सम्झैताका विरुद् आज एमाले निकट अनेरास्ववियुले काठमाडौँस्थित भारतीय दूतावास अगाडि बिरोध प्रदर्शन गरेका हुन् ।

लिपुलेकमा व्यापारिक नाका खोल्ने सहमति नेपालको सार्वभौमिकता बिरुद्ध भएको भन्दै बिद्यार्थीहरुले त्यसको बिरोध गरे । उनीहरुले दुतावास अगाडी विभिन्न नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुले भारत र चीनबीचको ब्यापार सम्झौता नेपालको स्वाधिनता र सार्वभौमिता माथिको प्रहार भनेको छन् । तर भारतले लिम्पियाधुरा र लिपुलेक नेपालको भुभाग भएको बिषय झुठो र ऐतिहासिक तथ्यमा आधारित नभएको बताउँदै आएको छ । तर भारतले चीनसंग १९५४ देखि नै ब्यापार भइरहेको रहेकाले नयाँ केही नभएको र पुनः सुरु गरेको मात्र भएको प्रतिक्रिया दिएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले यसलाई अस्वीकार गर्दै संविधानमै समावेश गरिएको आधिकारिक नक्सा अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालअन्तर्गत पर्ने बताएको छ ।

गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेश मन्त्री वाङ यी ले लिपुलेक पास, शिपकी ला र नाथू ला गरी तीन ट्रेडिंग पोइन्टमा सीमा व्यापार गर्ने सम्झौता गरेका थिए ।