
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट शुक्रबार पारित भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलनको घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
भर्खरै पारित भएको विद्यालय शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै शिक्षक महासंघले कडा प्रतिवाद गर्ने बताएको छ । आनेलनका कार्यक्रम अन्र्तगत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने महमसंघले जनाएको छ ।
आन्दोलनका कार्यक्रम अन्र्तगत भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाई २ घण्टा धर्ना दिने कार्यक्रम रहेको महासंघको भनाई छ ।
महासंघका अनुसार भदौ १३ गते देशभरका सबै पालिकामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ । त्यस्तै, भदौ १५ गते ७७ वटै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने कार्यक्रम रहेको महासंघले जनाएको छ ।
सरकारले विद्यालय शिक्षा विधेयकमा शिक्षकका जाहेज माग पुरा नगरेको खण्डमा भदौ २१ गतेदेखि दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासंघले चेतावनी दिएको छ ।
दोस्रो चरणको आन्दोलन अन्र्तगत विरोध प्रदर्शन लगायत कडा आन्दोलन गरिने महासंघले जनाएको छ ।