
काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई १ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई एक लाख धरौटीमा छोड्न आदेश दिएको हो।
पौडेलले पदीय मर्यादाको दुरुपयोग गरि गैरकानुनी लाभ अन्तर्गत पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत असार २७ गते मुद्दा दायर गरेको थियो ।
अख्तियारले पौडेलसहित ६ जना प्रतिवादीबाट जनही १५ करोड ८८ लाख रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरेको थियो ।