विप्लव निवास पुगेर प्रचण्डले राखे ‘पार्टी एकता’को प्रस्ताव

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट गरेका छन् । प्रचण्ड सोमबार बिहान बिप्लव निनिवास ललितपुरस्थित हरिसिद्धि पुगेर भेट गरेका हुन् ।

भेटका क्रममा प्रचण्डले विप्लवसंग पार्टी एकताको प्रस्ताव राखेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए । उनले दुई पार्टीका शीर्ष नेताहरुबीच राजनीतिक छलफल भएको बताए ।

विप्लवका सचिवालय सदस्य नारायण चन्दले प्रचण्ड र विप्लवले करिब ४५ मिनेट राजनीतिक छलफल गरेको बताए । छलफलका क्रममा समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

प्रचण्डको पार्टी एकताको प्रस्तावलाई नेकपाको आगामी केन्द्रीय समिति बैठकमामार्फत निर्णयमा पुगिने भन्दै महासचिव विप्लवले जवाफ फर्काएको स्रोतले जनाएको छ ।

नेकपाको भदौ २२ मा केन्द्रिय समिति बैठक बस्ने बताइएको छ । केही समयअघि बसेको माओवादी स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

सिफारिस