
काठमाडौँ । नेपाली बजारमा हट एण्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक ‘यसोदा फुड्स’ले आफ्नो लोकप्रीय आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा बिस्तार गरेको छ । बुटवल र काठमाडौँको अनामनगर पछि शंखमूलस्थित बिग मार्ट नजिकै तोस्रो शाखा सञ्चालनमा ल्याएको हो ।
बुटवल र काठमाडौँको अनामनगरमा रहेका आउटलेटहरूको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै, हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दर खाने दिनको शुभ अवसर पारी ‘यसोदा फुड्स’ले नयाँ आउटलेट सञ्चालनमा ल्याएको बताइएको छ ।
करेन्ट पोइन्टको यो नयाँ शाखामा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुने बताइएको छ । विशेषगरी, करेन्ट पोइन्टमा ग्राहकहरूले नूजा, यम्मी स्लर्प, क्रिस्पी रोल्स, र चिज पकेट, जस्ता नयाँ र आकर्षक परिकारहरूको स्वाद लिन पाउने बिस्वास लिइएको छ ।
साथै, ग्राहकहरूले आफ्नो रुचि अनुसारको मसला र स्वाद पनि रोज्न सक्ने करेन्ट पोइन्टले बताएको छ । युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको नयाँ आउटलेटले काठमाडौँ बासीलाई नौलो र स्वादिष्ट स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
करेन्टका पारखीहरूले अब शंखमूलमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्ने कम्पनीले बताएको छ । समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवल र अनामनगरमा करेन्ट पोइन्टले पाएको अपार माया र सफलताले आफूहरुलाई काठमाडौंमा थप विस्तारका लागि उत्साहित बनाएको बताए ।
‘काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि शंखमूललाई पनि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हाम्रो यो नयाँ यात्राले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अझ नयाँ उचाइमा पुर्याउने छ ।’
उद्घाटन समारोहमा ‘यसोदा फुड्स’का ग्लोबल सि.इ.ओ जीपी शाहले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
सन् २०१७ मा स्थापित ‘यसोदा फुड्स प्रा.लि’ नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको बताइएको छ ।
विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्ने कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत युवापुस्तामाझ लोकप्रियता हासिल गरेको छ । ‘करेन्ट’ बाहेक, कम्पनीले चिजबल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको बताइएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता रहेको कम्पनीले दाबी गरेको छ ।
आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीले बताउँदै आएको छ ।