नेकपा एमाले केन्द्रीय सदस्य ऐन महर विद्युतीय अपराध मुद्दामा पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार पक्राउ परेका हुन् ।

जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगिएको छ ।

साइबर ब्यूरो, भोटाहिटीमा दर्ता भएको उजुरीअनुसार महरमाथि चरित्रहत्या र गाली बेइज्जती गरेको आरोप छ। हुलाकमार्फत दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको स्रोतले जनाएको छ।