
काठमाडौं । रौतहटमा सुटकेस भित्र शव भेटिएकी २६ वर्षीया रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ। आत्मदाहबाट जलेका पासबानको ‘नेपाल क्लेफ्ट एण्ड बर्न अस्पताल’ कीर्तिपुरमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो ।
रुबीको हत्याको केही दिनपछि आत्मदाह गरेका उनलाई रौतहटको माधव नारायण नगरपालिका-६ स्थित खेतबाट बुधबार बिहान उद्धार गरि उपचारका लागि काठमाडौँ ल्याइएको थियो । उनको शरिरको ६० प्रतिशत भाग जलेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
पासवानको उपचारकै क्रममा बुधबार साँझ ५ बजे मृत्यु भएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपिल बोहोराले जानकारी दिए ।
लक्ष्मणका आफन्त शव लिन रौतहटबाट काठमाडौँ आइसकेको बताइएको छ ।