जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किंदा दुई युवाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौं । काठमाडौंको जडिबुटीस्थित आकासे पुल नजिकै रोकिराखेको बसरमा स्कुटर ठोक्किंदा दुई जना युवाको मृत्यु भएको छ । आज बिहान पौने तीन बजे बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाचँखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । ।

उनीहरूको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताए ।