
काठमाडौँ । सरकारले हालै मात्र सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्रयोग गर्नुपर्ने नियम लागु गराउन खोजेको भन्दै बिभिन्न संघसंस्थाले बिरोध जनाएका छन् । बिभिन्न ५३ वटा संघसंस्थाले सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ति जारी गरी इम्बोस्ड नम्बरको बिरोध गरेका हुन् ।
ति संस्थाको बिहिबार बसेको संयुक्त बैठकले सरकारको कदमको बिरोध गर्दै संयुक्त विज्ञप्ति जारी गरेका हुन् । इम्बोस्ड नम्बरमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक, सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि कुनै प्रकारको छलफल, सरसल्लाह र परामर्श नगरीकन नेपाल सरकारले एकतर्फी निर्णय गरी अङ्ग्रेजी अक्षर मात्र लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्न जबर्जस्ती गर्न लागेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
नेपालभित्रैका सवारी साधनहरूमा प्रयोग हुने नम्बर प्लेटबाट नेपाली अक्षरलाई अपमानपूर्वक हटाइएको र उक्त कदम नेपालको संविधान, सरकार आफैँले निर्णय गरी राजपत्रमा निकालेको सूचना तथा आम नेपाली जनताको मर्म र भावना विपरीत भएको बिज्ञप्तीमा उल्लेख छ ।
सरकारको निर्णय भाषाघाती निर्णय भएकाले त्यो सच्याई नम्बर प्लेटमा ससम्मान नेपाली अक्षर प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको बताइएको छ ।
सरकारले यो निर्णय नसच्चाए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार नै जिम्मेवार हुनुपर्ने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ ।
यि हुन इम्बोस्ड नम्बरको बिरुद्धमा उत्रिएका संस्थाहरु:
१. राधेश्याम लेकाली, अध्यक्ष- साहित्यिक पत्रकार सङ्घ
२. मोहन दुवाल, अध्यक्ष- नेपाल साहित्यिक पत्रकार सङ्घ
३. विजयराज आचार्य, अध्यक्ष- नेपाल बालसाहित्य समाज
४. श्रीओम श्रेष्ठ “रोदन”, अध्यक्ष- नेपाल स्रष्टा समाज
५. जलेश्वरी श्रेष्ठ, अध्यक्ष- गुन्जन
६. पद्मावती सिंह, कोषाध्यक्ष- शंकर लामिछाने प्रतिष्ठान
७. प्रतीक ढकाल, अध्यक्ष- पर्वतीय साहित्य समाज नेपाल
८. प्रद्युम्न जोशी, सदस्य- सचिव (वासु शशी स्मृति परिषद
९. तुलसीहरि कोइराला, अध्यक्ष- लघुकथा समाज नेपाल
१०. पवन आलोक, प्रधान सम्पादक – अभिव्यक्ति साहित्यिक द्वैमासिक
११. गार्गी शर्मा, महासचिव – नेपाल साहित्य मन्दिर
१२. किशोर पहाडी, प्रधान सम्पादक- शब्दपथ
१३. रामकाजी कोने, अध्यक्ष – नेपाल मुक्तक प्रतिष्ठान
१४. मोमिला जोशी, अध्यक्ष – नेपाली कला साहित्य डटकम
१५. विमल भौकाजी, सम्पादक – शारदा मासिक
१६. मन्जिला अनिल, अध्यक्ष – सखी प्रतिष्ठान
१७. डा. सावित्री श्रेष्ठ, संरक्षक- सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र
१८. मिथिला शर्मा, अध्यक्ष- चेतन कार्की स्मृति समाज
१९. शङ्कर भारती, अध्यक्ष- उपन्यास समाज नेपाल
२०. उमेश पाण्डे, अध्यक्ष – संसाक तथा इसंसाक।कम
२१. भवानी खतिवडा, महासचिव- नियात्रा समाज नेपाल
२२. रन्जना निरौला, अध्यक्ष – यशस्वी प्रज्ञा(प्रतिष्ठान
२३. रमेश खनाल, निर्देशक- अरुपण आर्ट ग्यालरी, नेपाल
२४. बुद्धिमान महर्जन, अध्यक्ष- लालित्य सिर्जना समाज
२५. शान्ति न्यौपाने रिसाल, अध्यक्ष – गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान
२६. हरिमन्जुश्री, अध्यक्ष- शब्दयात्रा प्रकाशन
२७. जलेश्वरी श्रेष्ठ, अध्यक्ष- जलरिका साहित्य प्रतिष्ठान
२८. गीता कार्की, अध्यक्ष- नारी साहित्य प्रतिष्ठान
२९. सुभद्रा दाहाल, अध्यक्ष- पनौती साहित्य समाज
३०. हिरण्यकुमारी पाठक, सम्पादक – नारी स्वर द्वैमासिक
३१. विजयध्वज थापा, अध्यक्ष- लीलाध्वज थापा साहित्य प्रतिष्ठान
३२. छविरमण सिलवाल, अध्यक्ष – सुनकोशी वाङ्मय प्रतिष्ठान
३३. विश्वविमोहन श्रेष्ठ, अध्यक्ष- एपेक नेपाल
३४. कृष्ण प्रसाईं, अध्यक्ष- जरा फाउन्डेसन, नेपाल
३५. विनोद नेपाल, अध्यक्ष- भूगोल साहित्य समाज
३६. डा. शैलेन्दुप्रकाश नेपाल, अध्यक्ष- पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र
३७. सिर्जना दुवाल, सचिव- जनमत वाङ्मय प्रतिष्ठान नेपाल
३८. रमेश दाहाल, कार्यकारी सम्पादक- अनेसास दर्पण
३९. धीरकुमार श्रेष्ठ, प्रधान सम्पादक- शब्दाङ्कुर मासिक
४०. जयदेव भट्टराई, सम्पादक- आरब्ध द्वैमासिक साहित्यिक पत्रिका
४२. डा. दामोदर पुडासैनी, अध्यक्ष- दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष
४३. विक्रमभक्त जोशी, संस्थापक अध्यक्ष- प्रभुभक्त – छोरी नानी वर्ष पुस्तक
४४. रामप्रसाद पन्त, अध्यक्ष- दायित्व वाङ्मय प्रतिष्ठान
४५. लक्ष्मी उप्रेती, सम्पादकर प्रकाशक- वनिता
४६. सुनिल अधिकारी, अध्यक्ष- हातेमालो साहित्य संगम
४७. निलान्जला भारद्वाज, अध्यक्ष- मुक्तालय नेपाल
४८. डा. बमबहादुर जिताली, अध्यक्ष- मन्जुश्री साहित्यिक समाज
४९. मदन नेपाल, अध्यक्ष- हामी र हाम्रो कृति समाज
५०. ममता मृदुल, अध्यक्ष- नारी स्रष्टा समाज
५१. भानुप्रकाश जोशी, उपाध्यक्ष- ललित साहित्य समाज
५२. मीनदेवी कार्की, अध्यक्ष- सङ्गीत देवालय
५२. डा. विष्णुकुमार खत्री, महासचिव – नेपाली वाङ्मय प्रतिष्ठान
५३. अनुपमा रेग्मी, सचिव -चारुशीला वाङ्मय प्रतिष्ठान”