शिक्षक महासंघद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा धर्ना

दियोपोस्ट संवाददाता

काठमाडौँ । शिक्षक महासङ्घले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने उदेश्यले शुक्रबार बिहानदेखि पार्टी कार्यलयमा धर्ना दिएका हुन् ।

शिक्षकहरुले बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना दिएका थिए । उनीहरुले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

महासङ्घले अन्य राजनीतिक दलका कार्यालयहरूमा चरणबद्ध धर्ना दिने बताएको छ ।

सम्बन्धित खबर