
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले ‘इम्बोस्ड नम्बर प्लेट’को विरुद्ध काठमाडौंको मिन भवनस्थित यातायात व्यवस्था कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ। सरकारले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयको विरोध गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरूले सरकरले कमिसनको खेलमा विदेशी कम्पनीलाई फाइदा पुग्ने निर्णय गरेको भन्दै त्यसको बिरोध गरे । नेपाली भाषामै लेखिएको नम्बर प्लेट प्रयोग ल्याउनु पर्ने माग लगायतका विषयहरू उठाउँदै सरकारको यो निर्णयको कडा आलोचना गरेका छन् ।
त्यस्तै, ‘जाग नेपाली अभियान’ नामक समूहले पनि नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै प्रदर्शन गरेर ‘देवनागरी लिपिको रक्षा गरौँ’, ‘इम्बोस्ड नम्बर प्लेट खारेज गर’, ‘भ्रष्टाचार छानबिन गर’, ‘डेटा सुरक्षाको ग्यारेन्टी दे’, र ‘नेपाली भाषा, लिपि र संस्कृतिमा आक्रमण नगर्ने सुनिश्चितता गर’ जस्ता नाराहरू लगाएर प्रदर्शन गरो छन् ।।