दीपक मनाङेको निर्वाचन क्षेत्रमा कात्तिक १७ गते उपनिर्वाचन हुने

दियोपोस्ट संवाददाता

काठमाडौं । राजिव गुरुङ (दीपक मनाङे) गण्डकी प्रदेशसभा सदस्य पदबाट निलम्बित भएपछि उनको निर्वाचन क्षेत्र मनाङ १ मा
उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि उपनिर्वाचन मिति तय गरेको हो ।

गत असार ४ गते सर्वोच्च आलतको फैसला अनुसार मनाङेलाई पदमुक्त हुने फैसला गरिएको थियो । मनाङ्गे ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएसंगै उनी प्रदेश सभा सदस्य पदका लागि अयोग्य ठहर भएका थिए ।

संवैधानिक इजालसले उम्मेद्वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगले शुक्रबार निर्वाचन मिति तोकेको हो ।