
काठमाडौँ । मेटलाइफले गत हप्तामा पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ । मेटलाइफले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने बताइएको छ ।
जीवन बीमा वित्तीय सुरक्षाका लागि मेटलाइफ नेपालले परिवार र व्यवसायहरुलाई थप सुरक्षा सहज बनाउन सार्थक कदमहरू चालिरहेको बताएको छ ।
नेपालका विभिन्न क्षेत्रहरूमा बीमा सेवाहरूको पहुँच विस्तार गर्दै, मेटलाइफले अझ धेरै परिवारलाई सुरक्षित भविष्यको योजना बनाउन, प्रियजनलाई सुरक्षित राख्न, र जीवनका अनिश्चितताविरुद्ध वित्तीय प्रतिरोधात्मक क्षमता बलियो बनाउन सुनिश्चित गर्न खोजेको छ प्रसट पारेको छ ।
मेटलाइफ नेपालका जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले तीन स्थानमा खोलिएका नयाँ ब्रान्चले वित्तीय सुरक्षा क्षेत्रमा अर्थपूर्ण करियर बनाउन मानिसहरूलाई सक्षम पार्ने बिस्वास ब्यक्त गरे । उनले भने, ‘पर्सा, कावासोती र दमौलीमा हाम्रो ढोका खोल्नु केवल सञ्जाल विस्तार मात्र होइन, बीमा सुरक्षालाई मानिसहरूको दैनिक जीवनमा नजिक ल्याउने हाम्रो संकल्प हो ।’
उनले भने, ‘यहाँ उपस्थित रहँदा, हामी मानिसहरुले वित्तीय सुरक्षा पाउन टाढा यात्रा गर्न वा लामो समय पर्खिनु नपरोस्, र वहाँहरूले अब मनको शान्ति र दीर्घकालीन वित्तीय सुरक्षा प्राप्त गर्न सकून्भन्ने सुनिश्चित गर्न चाहन्छौं ।’
मेटलाइफका नयाँ अफिसहरूले बीमा सेवाका साथै स्थानीय रोजगारका अवसर पनि सिर्जना गर्ने बिस्वास लिइएको छ ।