सरकार-उखु किसान वार्ता निष्कर्षविहीन, आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरिँदै

दियोपोस्ट संवाददाता

काठमाडौं । सरकार र उखु किसानबीच शुक्रबार सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन भएको छ । उखु किसानका मागका बारेमा सरकार लचिलो नभएपछि वार्ता निश्कर्षबिहिन भएको हो ।

उखु किसान संघर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले वार्तामा कुनै सहमति हुन नसकेकोबताए । वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको उनले बताए ।

आफुहरुले आन्दोलन नरोकिने तर आन्दोलनको स्वरुप परिवर्तन गर्न सक्ने जवाफ दिएको प्रवक्ता यादवले जानकारी दिए । वार्तामा आफुहरुले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको उनले बताए ।

प्रवक्ता यादवले शनिबार ११ बजे माइतिघरमा पत्रकार सम्मेलन गरि आन्दोलनको आगामी स्वरुपबारे जानकारी दिने उल्लेख गरे ।