सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख ३ हजार ६ सय

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ३६ सय पुगेको छ। शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६ सय पुगेको सुनको मुल्यमा एकैचोटी ३ हजारले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो । सुनको मुल्यमा वृद्धि भएसँगै चाँदीको पनि मुल्य वृद्धि भएको महासंघले जनाएको छ । आज एक तोला चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार एक तोला चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भएको थियो।