रोडिज सिजन ८ को प्रि-अडिसन सुरु, ब्लू टिकटबाट पीआई राउन्डमा पुग्ने अवसर

दियोपोस्ट संवाददाता

काठमाडौँ । हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन शनिबारदेखि सुरु भएको छ । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिमअन्तर्गत माउन्टेन ड्यूसँगको सहकार्यमा प्रि-अडिसन आयोजना गरेको हो ।

प्रि-अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुममा आयोजना भइरहेको छ । शनिबार धरानस्थित विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट सुरु भएको प्रि-अडिसन आइतबार बिर्तामोडस्थित सयपत्री ट्रेड लिंक, भद्रपुर बस स्ट्यान्डमा हुनेछ ।

त्यस्तै, भदौ १ गते हेटौँडास्थित राज मोटर्स प्रालि, रानीदरबार मार्ग र बुटवलस्थित बाइकर्ज बुटवल प्रालि, कालिकानगरमा एकैसाथ प्रि-अडिसन आयोजना हुनेछ । भदौ २ गते बर्दिबासस्थित एमएडब्लू प्रालि, भब्सी खोलानजिक, भदौ ३ गते धनगढीस्थित एमएडब्लू प्रालि, चौराहा र भदौ ४ गते काठमाडौँस्थित एमएडब्लू प्रालि, नक्सालमा प्रि-अडिसन हुनेछ ।

प्रि-अडिसनमा सहभागीहरूले ‘ब्लू टिकट’ प्राप्त गर्ने अवसर पाउनेछन् । ब्लू टिकट प्राप्त गर्ने सहभागीले कार्यक्रमको पीआई राउन्डमा सिधै प्रवेश गर्न पाउनेछन् ।

हिमालय रोडिज लामो समयदेखि सहभागीको मनोवृत्ति, सहनशक्ति र साहसको परीक्षण गर्ने चुनौतीपूर्ण रियालिटी शोका रूपमा परिचित छ । ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिममा आधारित सिजन ८ ले उच्च हिमाली भूगोलसँगै आफ्नो सीमाभन्दा माथि उठेर चुनौती सामना गर्ने साहसलाई केन्द्रमा राखेको छ ।

यो थिम यामाहाको रेसिङ लेगेसी तथा ब्रान्ड सन्देश ‘द कल अफ द ब्लू’सँग पनि जोडिएको छ । नेपालमा यामाहा रेसिङले युवालक्षित विभिन्न प्लेटफर्म तथा चुनौती सामना गर्ने साहसलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूमा सहकार्य गर्दै आएको जनाएको छ ।

रोडिजमा सहभागी हुन इच्छुकलाई तोकिएको मितिमा आफ्नो सहरमा रहेको यामाहा शोरुममा पुगेर प्रि-अडिसनमा सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित खबर