
काठमाडौँ । आज बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकले १० बुँदे साझा संकल्प गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकले विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन १० बुँदे साझा संकल्प गरेको हो।
बैठकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्।
संकल्पमा राहत कार्यको गैरराजनीतिकरण गर्ने, आर्थिक संकलनमा सरकारी एकद्वार प्रणालीको पालना गर्ने तथा सामाजिक सञ्जालको विवेकसम्मत प्रयोग गर्दै संवेदनशील सूचनाको जिम्मेवार प्रवाह गर्ने उल्लेख छ।
त्यस्तै, हिमतालहरूको वैज्ञानिक अध्ययन तथा सीमापार संयुक्त पहल अघि बढाउने, विपद् कूटनीति र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, राष्ट्रिय एकता र समावेशी उद्धारलाई प्राथमिकता दिने तथा उत्थानशील पुनर्निर्माणमा जोड दिने संकल्प गरिएको छ।
बैठकले जलवायु न्याय र विश्वव्यापी उत्तरदायित्वका लागि पहल गर्ने, विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग परिचालन गर्ने तथा दीर्घकालीन समाधानका लागि ‘उच्चस्तरीय सर्वदलीय संयन्त्र’ गठन गर्ने निर्णयसमेत गरेको छ।
पूर्ण पाठ :