बाढी र पहिरोका कारण ११ सय मेगावाट उत्पादन रोकियो, साढे २ अर्ब क्षति

बाढी कहर

दियोपोस्ट संवाददाता  

काठमाडौं । बिहीबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए ।

करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेको समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा करिब १ अर्ब ३५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जनाएको छ । विभिन्न सिँचाइ आयोजना तथा नदि नियन्त्रणमा क्षति पुगेको मन्त्रालयका सिँचाइ सचिव सरिता दुवाडीले जनाइन् । कमत्ता सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा,नारायणी सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कट्टान गरी नहरमा सामान्य क्षति र सुनकोशि मरिन डाइभर्सन बहुउध्येशीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधिन कफर ड्याम डुवानमा परेको र रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको मन्त्रालयले जनाएको छ ।

 

prabhu bank Add