सुनको मुल्य अहिलेसम्मकै उच्च, आज २ लाख ५ हजार ३ सयमा कारोबार

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य निरन्तर बढ्दोक्रममा छ । आज सुनको मुल्य प्रतितोला २ लाख ५ हजार ३ सय पुगेको छ ।

आइतबार प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य सोमबार २ हजारले बृद्धि भएको हो ।

सुनसंगै चाँदीको मूल्यमा पनि बृद्धी भएको छ । आइतबार प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा समेत त्यसको प्रभाव परिरहेको छ ।