
काठमाडौँ । रोयल काठमाडौँ हिमालय प्रा.लि.को ‘लक्की ड्र’ इभेन्ट सम्पन्न भएको छ । बिगमास्टर वाइनको आधिकारिक बिक्रेतालाई लक्षित गरि शुक्रबार संचालन गरिएको ‘लक्की ड्र’मा ललितपुरस्थित ‘ओरिसा स्टोर’का राजु लामाले प्रथम पुरस्कार बुलेट बाइक प्राप्त गरेका छन् ।
ललितपुरको झम्सिखेलमा आयोजित कार्यक्रममा उनले ३५० सिसि बुलेट बाइक प्राप्त गरेका हुन् । त्यस्तै दोस्रो पुरस्कारस्वरुप दुई जनाले सुनको सिक्का प्राप्त गरेका छन् । बिगमास्टर वाइनका आधिकारिक बिक्रेता ‘टुडालदेवी स्टोर’का ध्रुव श्रेष्ठ र ‘बिटी सप्लायर्स’का शंकर दाहालले सुनको सिक्का जितेका हुन् ।
त्यस्तै, तेस्रो पुरस्कार ‘आइफोन १६’ रुप तामाङ र राजु लामाले हात पारेका छन् । चौथो पुरस्कार स्वरुप ‘एच सेभेन’ इन्टरप्राइजेजका हेमराज बराल र ‘सिंह ट्रेडर्स’का सुशान्त सिंहले ८ केजीको वासिङ मेसिन प्राप्त गरेका छन् । पाँचौँ पुरस्कार ‘एम.आई १४’ स्मार्ट फोन ‘महालक्ष्मी प्लायर्स’ले प्राप्त गरेको छ ।
छौटौँ पुरस्कार ‘एम.आइए १३’ स्मार्ट फोन ‘विनायक स्टोर’ले जितेको छ भने सातौँ पुरस्कार ‘रेडमी-नोट १४’ स्मार्ट फोन महालक्ष्मी प्लायर्सले प्राप्त गरेको छ । छौटौँ पुरस्कार ‘रेडमी-नोट १३’ स्मार्ट फोन बिनायक स्टोरले जितेको छ ।
सान्तवना पुरस्कार स्वरुप बिगमास्टर वाइन ९ कार्टुन ९ जनाले जनाले प्राप्त गरेका छन् । ९ कार्टुन वाइन प्राप्त गर्नेहरुमा संसृक लिक्वेर, पिएन सप्लायर्स, ओरिसा स्टोर, एच.सेभेन इन्टरप्राइजेज, एस.बि.बि सप्लायर्स, इजरा ट्रेडर्स, बिनायक स्टोर, आर.के स्टोर र ओसियन स्टोर रहेका छन् ।
रोयल काठमाडौँ हिमालय प्रा.लि.ले आफ्नो आधिकारिक बिक्रेताहरुका लागि हरेक वर्ष ‘लक्की ड्र’ इभेन्टको आयोजना गर्दै आइरहेको छ ।

