
काठमाडौं । यामाहा नेपालले गोरखामा यामाहाको नयाँ शो रुमको शुभारम्भ गरेको छ । यामाहा नेपालले आफ्नो नयाँ ‘थ्री एस’ फ्यासिलिटी (सेल्स, सर्भिसस्पेयरपार्ट्स) चन्दा सप्लायर्स शुभारम्भ गरेको हो ।
गोरखा नगरपालिकाका प्रमुख श्रीकृष्णबहादुरराना मगर, उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले संयुक्त रुपमा यामाहाको नयाँ शो रुमको उद्घाटन गरेका छन् ।
अत्याधुनिक पूर्वाधार र समर्पित टोली सहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्री एस अनुभव एउटै छाना मुनि उपलब्ध गराएको छ। यस मार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्री पछिको सेवा तथा जेनुइन स्पेयर पार्ट्स एकै स्थानमा पाउने ब्यवस्था छ ।
उत्साहमा थप वृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय ‘एफ जेड’ र ‘एम टी’ श्रृंखलाका नयाँ भेरियन्ट सार्वजनिक गर्यो। यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएको बताइएको छ ।
कार्यक्रममा एम.ए.डब्ल्यू.राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले गोरखामा यो नयाँ ‘थ्री एस’ शोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्टसेवालाई ग्राहकहरूको अझ नजिक ल्याउने महत्वपूर्ण कदम भएको बताए ।
कार्यकारी अधिकृत अग्रवालले नयाँ ‘एफ जेड’ र ‘एम टी’ भेरियन्टको लन्चसँगै, गोरखा तथा आसपासका राइडरहरूलाई स्टाइल , प्रदर्शन र भरोसाको संयोजन भएका अन्य विकल्पहरू प्रदान गर्ने बिस्वास ब्यक्त गरे । उनले भने, ‘हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं।’
कार्यक्रममा चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले चन्दा सप्लायर्सबाट उच्च गुणस्तरका यामाहा दुई-पांग्रे सवारी साधन उपलब्ध गराउनुका साथै भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभवदिने लक्ष्य समेत राखेको बताए ।
उनले भने, ‘हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हो, जसका लागि हामीले बिक्री देखि सेवा र त्यसपछि पनि विभिन्न चरण सम्म सन्तुष्टि सुनिश्चित गर्नेछौं।’
यस नयाँ शो रुम को उद्घाटन, नयाँ ‘एफ जेड’ र ‘एम टी’ भेरियन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको छ।
गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस रस्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने बिस्वास राखिएको छ ।
एमएडब्ल्यूराइड्स अन्तर्गत यामाहा नेपालले आफ्नो नवीन इन्जिनियरिङ, भरपर्दो प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका कारण नेपालको सबै भन्दा विश्वासिलो दुई-पांग्रे ब्रान्ड मध्ये एकको रुपमा आफ्नो अग्रस्थान कायम राख्दै आएको छ।

