
गोरखा । गोरखामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बिहान भीमसेनथापा गाउँपालिका–३ टारिफाँटमा भएको दुर्घटनामा काठमाडौंबाट अरुघाट–सोतीका लागि छुटेको बा ०१–००६ ख ४१३१ नम्बरको बस संलग्न भएको प्रहरीले जानकारी दिएको छ।
बसमा २२ जना यात्रु सवार रहेका मध्ये २१ जना घाइते भएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए।
उनका अनुसार घाइतेहरूलाई उपचारका लागि नजिकैका स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले थप विवरण संकलन गर्ने कार्य जारी राखेको र यात्रुको पहिचान सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।